रवि लामिछाने फेरि प्रहरी हिरासतमा..

तस्वीर : गोपाल दाहाल / रासस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज फेरि प्रहरी हिरासतमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बयानका लागि आइतबार आफैं अदालत उपस्थित भएका लामिछानेलाई थुनछेक बहस नसकिएपछि प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो ।

यसअघि गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा नयाँ मुद्दा दर्ता भएको थियो । उनलाई भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने र सोमबार पुनः अदालत पेस गरिने प्रहरी स्रोतले जनाएको छ ।

रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार परिवार वा सरकारी वकिलको जिम्मामा छाड्न आग्रह गरिए पनि न्यायाधीशले प्रहरीकै जिम्मा लगाउने आदेश दिएका छन् । भोलि बिहान ११ बजेदेखि थुनछेक बहस सुरु हुने जानकारी दिइएको छ ।





Comments

comments

128700