न्युज डेस्क / एचकेनेपाल डट कम –
काठमाडौं, १६ जनवरी। लोकप्रिय नेपाली पप तथा आधुनिक गायिका मेलिना राईले आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न लागेकी छिन् । उनले धुव्र गुरुङसँग इन्गेजमेन्ट गरेर वैवाहिक यात्राको पहिलो कदम चालेकी छिन् ।
यस रोमाञ्चक क्षणलाई उनीहरूका साथीभाइ तथा आफन्तजनले सामाजिक सञ्जालमा तस्वीर र भिडिओ मार्फत साझा गरेका छन् । गुरुङले आफ्नो इन्स्टाग्राम एकाउन्टमा मेलिनालाई ‘मेरो माया’ भनेर सम्बोधन गर्दै रोमान्टिक पोस्ट गरेका छन् ।
शुक्रबार गोकर्णेश्वरस्थित रमणीय हिमाली घर रिसोर्टमा हुने विवाह समारोहमा परिवार, साथीभाइ र शुभचिन्तकहरूको उपस्थिति रहने छ । मेलिना राईका ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि’ जस्ता चर्चित गीतहरूले नेपाली संगीत क्षेत्रमा विशेष स्थान बनाएका छन् ।
…
…