हङकङबासीहरूलाई जतिसक्दो चाँडो खोप लगाउन अपिल..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० जनवरी। चिनियाँ विश्वविद्यालय हङकङका श्वासप्रश्वास विभागका प्रमुखले हङकङको हिउँदे फ्लू सिजन चरम बिन्दुमा नपुग्दै अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको बताएका छन्।

डेभिड हुईका अनुसार फ्लूका कारण अस्पताल भर्ना हुनेहरूमा ५ वर्षसम्मका बालबालिका र ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू समावेश छन्।

उनले जनाए अनुसार महिनाको दोस्रो हप्तामा वयस्कहरूमा ३७ जना गम्भीर बिरामी सघन उपचार कक्षमा भर्ना भएका थिए। यीमध्ये १५ जना बिरामीको मृत्यु भएको छ।

प्राध्यापकले उल्लेख गरे अनुसार यी मध्ये २५ जनाले इन्फ्लुएन्जा खोप लगाएका थिएनन्। उनले आइतबार कमर्सियल रेडियोमा बोल्दै हङकङबासीहरूलाई जतिसक्दो चाँडो खोप लगाउन सिफारिस गरेका छन्।

तर गत महिनासम्म, शिशु र बालबालिकाको खोप दर ४८ प्रतिशत, ५० देखि ६४ वर्ष उमेर समूहको २० प्रतिशत मात्र, र ६५ वर्ष वा माथिको उमेर समूहको ४५ प्रतिशत रहेको उनले बताए।

हुईले इन्फ्लुएन्जाका केसहरू बढ्दै गएको र यीमध्ये धेरैजसो एच१एन१ इन्फ्लुएन्जा ए संक्रमण रहेको बताएका छन्।

उनले हालको फ्लू सिजन फेब्रुअरी महिनाको सुरुमा चरम बिन्दुमा पुग्ने र मार्च महिनाको मध्यतिर घट्ने अपेक्षा गरेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

128808