न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २१ जनवरी। हङकङ अब्जरभेटरीका अनुसार आज बिहान हङकङमा भूकम्पको धक्का महसुस गरिएको छ। हङकङ अब्जरभेटरीले आज बिहान १२:१७ बजे ताइवानको दक्षिणी तटीय क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएपछि हङकङमा पनि भूकम्पको धक्का महसुस गरिएको जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु जियायीको दक्षिण-दक्षिणपूर्व करिब ४१ किलोमिटर र हङकङबाट पूर्वतर्फ करिब ६७० किलोमिटर टाढा २३.१४ डिग्री उत्तर र १२०.५९ डिग्री पूर्वमा रहेको थियो। भूकम्पको फोकल डेप्थ करिब १० किलोमिटर रहेको थियो।
यस घटनापछि हङकङका सयौं बासिन्दाहरूले केही सेकेन्डसम्म भूकम्पको धक्का महसुस गरेको रिपोर्ट अब्जरभेटरीलाई प्राप्त भएको जनाएको छ। प्रारम्भिक मूल्यांकन अनुसार मोडिफाइड मर्काली इन्टेन्सिटी स्केलमा स्थानीय तीव्रता तीन रहेको थियो, जसले ट्रकहरू गुड्दा घरभित्र आउने हल्का कम्पन जस्तै महसुस भएको संकेत गर्छ।