मोटरसाइकल भ्यानसंग ठोक्किदा हङकङमा पाकिस्तानी मोटरसाइकल चालकको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ जनवरी। आज बिहान ८:५० बजे मोटरसाइकल भ्यानसंग ठोक्किदा पाकिस्तानी मोटरसाइकल चालकको मृत्यु भएको छ। लान्ताउको दक्षिणतर्फको तुङ चुङ रोडमा एक मोटरसाइकल र भ्यान एक आपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए।

-

उद्धारकर्मीहरूले करिब ४० वर्षीय पाकिस्तानी मोटरसाइकल चालकलाई नर्थ लान्ताउ अस्पताल लगेका थिए। तर उपचारको क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको छ।

अनलाइनमा प्रसारित भिडियो र तस्विरहरूमा देखिए अनुसार मोटरसाइकल चालक सडकमा लडेर बेहोस अवस्थामा थिए। भ्यानको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको र अगाडिको विन्डस्क्रिन फुटेको थियो।

घटनास्थलका अनुसार त्यस क्षेत्रमा धेरै घुम्तीहरू छन् र घुम्ती पार गरेपछि सिधा सडक छ। घटना हुँदा मोटरसाइकल लान्ताउको उत्तरतर्फ ओरालो झर्दै थियो। मुई वोतर्फ जाँदै गरेको भ्यानसँग मोटरसाइकल ठोक्किएको थियो।





Comments

comments

128854