काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङ फेरि पक्राउ परेकी छिन् । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी आशिकालाई काठमाडौं प्रहरीले भक्तपुर प्रहरीको जिम्मा लगाएको हो।
उनी १२ दिन काठमाडौं प्रहरीको हिरासतमा बसेर आज दश हजार धरौटी बुझाएर रिहा भएकी थिइन्। तर रिहा हुनासाथ उनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।
भक्तपुरमा पनि उनको विरुद्ध पक्राउ पुर्जी जारी भएकाले काठमाडौं प्रहरीले भक्तपुर प्रहरीलाई जिम्मा लगाएको हो । यस घटनाले उनको विरुद्धको कानूनी कारबाही अझै लम्बिने देखिएको छ।