हङकङमा फ्लूबाट १२२ जनाको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ४ फेब्रुअरी। हङकङमा जनवरीको सुरुवातदेखि शुरू भएको फ्लू सिजनको पहिलो चार हप्तामा १२२ जनाको मृत्यु भएको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनका नियन्त्रक एडविन सुई लोक-किनले हङकङ र उत्तरी गोलार्धका अन्य केही देशहरूमा हाल फ्लूको गतिविधि उच्च रहेको बताए।

“जनवरीको सुरुवातमा फ्लू सिजन शुरू भएयता, केन्द्रले पहिलो चार हप्तामा सघन उपचार आवश्यक पर्ने वा मृत्यु भएका १९९ वयस्क फ्लूका केसहरू रेकर्ड गरेको छ, जुन अघिल्लो फ्लू सिजनको सोही अवधिमा १२७ केस थिए,” सुईले भने।

उनले मृत्यु भएकाहरूमध्ये करिब ९० प्रतिशत ६५ वर्ष र सोभन्दा माथिका व्यक्तिहरू रहेको उल्लेख गरे। बालबालिकाहरूमा नौ जना गम्भीर फ्लू सम्बन्धी जटिलताहरू देखिएका छन्, जसमध्ये सात जनाले खोप लगाएका थिएनन्।

उनले यात्रुहरूलाई आफ्नो गन्तव्यमा संक्रामक रोगको स्थितिको निगरानी गर्न र व्यक्तिगत तथा वातावरणीय स्वच्छता कायम राख्न आग्रह गरेका छन्।





Comments

comments

129033