धरान । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३ औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् । दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो ।
धावकद्वयलाई नगद रु।६० हजार पुरस्कार प्रदान गरिएको छ । पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेभने महिलातर्फ सुमित्राकुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् ।
उनीहरूलाई पनि समान नगद रु. ४० हजार पुरस्कार प्रदान गरिएको छ । धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरुलाई नगद रु.३० हजार प्रदान गरिएको थियो । प्रतियोगितामा चार हजार धावक सहभागी थिए ।