हङकङमा चिसो मौसमको चेतावनी जारी..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २३ फेब्रुअरी। हङकङ मौसम विज्ञान विभागले बेलुकी ७:४५ बजे चिसो मौसमको चेतावनी जारी गरेको छ। भोलि बिहान हङकङमा चिसो मौसम रहने अनुमान गरिएको छ।

शहरी क्षेत्रमा भोलिको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस वरिपरि रहने र न्यू टेरिटोरिजमा यो भन्दा केही डिग्री कम हुने अनुमान गरिएको छ।

नागरिकहरूलाई न्यानो कपडा लगाउन र घरभित्र पर्याप्त हावा आवतजावत सुनिश्चित गर्न सल्लाह दिइएको छ। विशेषगरी उच्च भूभाग वा खुला क्षेत्रमा लामो समयसम्म चिसो हावाको सम्पर्कमा नबस्न र स्वास्थ्यमा प्रतिकूल प्रभाव नपरोस् भनेर सावधानी अपनाउन सल्लाह दिइएको छ।

यदि तपाईंलाई एक्लै बस्ने वृद्धवृद्धा वा दीर्घरोगी व्यक्तिहरूको बारेमा थाहा छ भने, उनीहरूलाई कुनै सहयोग चाहिएको छ कि भनेर बेलाबेलामा फोन वा भेटघाट गर्नुहोस्।

हिटर प्रयोग गर्नुअघि सुरक्षित छ भनी सुनिश्चित गर्नुहोस् र त्यसलाई कुनै पनि ज्वलनशील वस्तुबाट टाढा राख्नुहोस्। न्यानो राख्नको लागि घरभित्र आगो नबाल्नुहोस्।

पुरानो प्रकारको ग्यास वाटर हिटर प्रयोग गर्दा कोठामा प्रशस्त ताजा हावा छ भनी सुनिश्चित गर्नुहोस्।





Comments

comments

129346