केपी ओली कप फुटबलको फाइनल खेल हेर्न नेपाल आइपुगे बुफोन..

–

काठमाडौं, विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियानलुइजी बुफोन आज नेपाल आइपुगेका छन्। केपी ओली कप फुटबल प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा प्रमुख अतिथिको रूपमा सहभागी हुन उनी नेपाल आएका हुन्।

–

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सञ्चालित तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि दशरथ रंगशालामा हुँदैछ।

–

बुफोन सन् २००६ मा इटालीलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए। उनको उत्कृष्ट गोलकिपिङ कौशलले इटालीलाई फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा ५-३ गोलले विजयी बनाएको थियो। ४७ वर्षीय बुफोनले आफ्नो लामो करियरमा पार्मा, युभेन्टस र पेरिस सेन्ट जर्मेन जस्ता विश्वप्रसिद्ध क्लबहरूबाट खेलेका छन्।

–

नेपाल बसाइका क्रममा बुफोनले युवा फुटबल खेलाडीहरूसँग अन्तरक्रिया गर्ने, फुटबल प्रशिक्षकहरूलाई प्रशिक्षण दिने र नेपाली फुटबलको विकासका लागि सहयोग गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

बुफोनको नेपाल भ्रमणले नेपाली फुटबलको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढाउन र नेपाली फुटबलको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी





Comments

comments

129494