काठमाडौंको तारकेश्वर नगरपालिका–६, धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि आज शिवपुरी जंगलमा मृत भेटिएका छन्।
उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर नगरपालिका–३, पाँचमानेस्थित शिवपुरी जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारीप्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उनले बताए। शवको मुचुल्का उठाएर परीक्षणका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। मृत्युको कारण भने नखुलेको एसपी बोहराले बताए।