Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङबाट आएकी नायिका माया गुरुङले होलीको टीका लगाई दिदै खाद्यन्न हस्तान्तरण.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङबाट आएकी नायिका माया गुरुङले होलीको टीका लगाई दिदै खाद्यन्न हस्तान्तरण..

पोखरा, गुरुङ चलचित्रकी नायिका माया गुरुङले सहारा आवासीय फुटबल एकेडेमीका बालकहरूलाई सहयोग गरेकी छिन्। सहारा क्लब हङकङकी संस्थापक कार्यसमिति सदस्य तथा जिफान हङकङकी अध्यक्ष मायाले एकेडेमीमा रहेका बालकहरूका लागि आवश्यक खाद्य सामग्री प्रदान गरेकी हुन्।

कार्यक्रममा सहारा क्लब हङकङका वर्तमान कार्यसमिति सदस्य पूर्णबहादुर गुरुङले पनि एकेडेमी व्यवस्थापनको लागि दश हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेका छन्। सहयोग रकम एकेडेमी व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो।

फागु पूर्णिमाको अवसरमा मायाले बालकहरूलाई रंगीन टीका लगाइदिएर होलीको शुभकामना दिएकी थिइन् । यसअघि २४औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको अवसरमा मायाले पोखरा रंगशालामा बालकहरूलाई खेल जर्सी वितरण गरेकी थिइन् ।

कार्यक्रममा सहारा क्लबका उपाध्यक्ष चित्र पुन र कार्यसमिति सदस्य अमर राजभण्डारी लगायतको उपस्थिति रहेको थियो।
तस्वीरः सुदर्शन रञ्जित





Comments

comments

129743