विद्युत प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीलाई गाली गरेको सूचना देखिएपछि कार्यालय प्रमुखमाथि कुटपिट

काठमाडौं, नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र कार्यालयको डिजिटल सूचना बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गालीगलौज गरिएको सूचना देखिएपछि करिब ४० जनाको समूहले कार्यालय प्रमुख रामु श्रेष्ठमाथि आक्रमण गरेको छ।

घटनामा कार्यालय प्रमुखको कार्यकक्ष तोडफोड गरिनुका साथै उनीमाथि शारीरिक आक्रमण समेत भएको छ। प्रहरीका अनुसार आक्रमणकारीहरूको अझै पहिचान खुल्न सकेको छैन।

यस घटनालाई साइबर अपराधको रूपमा हेरिएको छ र सम्बन्धित निकायहरूले छानबिन सुरु गरेका छन्। वितरण केन्द्रले एक विज्ञप्ति जारी गर्दै यस्तो कार्यको घोर भर्त्सना गरेको छ र दोषीहरूमाथि कडा कारबाहीको माग गरेको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

129973