हङकङमा लाखौं डलर बोकेका तुर्की व्यवसायीमाथि आक्रमण, दक्षिण एसियाली लुटेराहरूलाई खोज्दै प्रहरी..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २८ मार्च। हङकङको व्यस्त व्यापारिक क्षेत्र चिम शा चुईमा विहीवार दिउँसो एक तुर्की व्यवसायीमाथि चक्कु बोकेका दुई जना दक्षिण एसियाली लुटेराहरूले आक्रमण गरेका छन्।

२७ वर्षीय तुर्की नागरिकले बोकेको ५० लाख युरो (लगभग ४.१९ करोड हङकङ डलर) रहेको सुटकेस खोस्ने प्रयास असफल भएको छ।

नेथन रोडस्थित ६६-७० नम्बर भवन नजिक भएको यो घटनामा लुटेराहरूले तरवार जस्तो हतियारले आक्रमण गरेका थिए। पीडितले सामान जोगाउन कडा प्रतिरोध गरेपछि लुटेराहरू भाग्न बाध्य भएका थिए।

पीडित घाइतेले नजिकैको बैंकमा गएर सहयोग मागेका थिए। उनको निधारमा चोट लागेको छ र उपचारका लागि क्वीन एलिजाबेथ अस्पताल लगिएको छ। प्रहरीले सीसीटीभी फुटेज जाँच गर्दै लुटेराहरूको खोजी गरिरहेको छ।

पीडित क्रिप्टोकरेन्सी व्यवसायका लागि उक्त रकम बोकेर हिँडेका थिए। प्रत्यक्षदर्शीले खिचेको भिडियोमा कालो हुडी र कालो पाइन्ट लगाएका एक व्यक्तिले पीडितको झोला र सुटकेस खोस्न खोजेको देखिन्छ। पीडित घुँडा टेकेर आफ्नो सामान जोगाउँदै गरेको र लुटेरा असफल भएपछि भागेको दृश्य समेत भिडियोमा कैद भएको छ।





Comments

comments

130018