काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको पहिलो ऐतिहासिक औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली आज थाइ एयरलाइन्समार्फत काठमाडौं आइपुगेका हुन्।
थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा गएको यो भ्रमणमा दुई देशबीच संस्कृति, पर्यटन लगायत आठ विषयमा महत्वपूर्ण सम्झौताहरू भएका छन्।
बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि द्विपक्षीय वार्ता गरेका छन्। दुई नेताबीचको भेटमा व्यापार, ऊर्जा सहकार्य र विकास परियोजनाहरूबारे छलफल भएको छ।
यस भ्रमणले नेपाल र थाइल्याण्डबीचको ६६ वर्षे कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपेको जनाइएको छ। यो नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको पहिलो औपचारिक भ्रमण हो।