दुर्गा प्रसाईंलाई हत्कडी लगाएर काठमाडौं ल्याइयो..

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईलाई शुक्रबार हत्कडी लगाएर काठमाडौं ल्याइएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई बुद्ध एअरको विमानमार्फत राजधानी ल्याइएको हो।

पक्राउ परेपछि भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताए । उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँले गिरफ्तारी दिएको दाबी गरे । “म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । मैले आफैँ पक्राउ दिएको हुँ,” उनले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई लिन नेपाल प्रहरीका तीनवटा गाडी भित्रै गएका थिए । डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट उनलाई बाहिर निकालेर प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ।

तीनकुनेमा अराजकता मच्चाउने समूहका अगुवा प्रसाईंमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भएको छ । प्रहरीले कागजात मिलाएर उनलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाने तयारी गरिरहेको छ।





Comments

comments

130423