काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को अवसरमा जारी गरेको भिडियो सन्देशमा चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन्। राजसंस्था पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो।
उनले भिडियो सन्देशमा भनेका छन्, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो। नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन।’
दुर्गा प्रसाईंको आह्वानमा भएको यस प्रदर्शनबारे विभिन्न राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहको धारणा मागिरहेको अवस्थामा उनले यो प्रतिक्रिया दिएका हुन्।