नेपाली आदिवासी जनजाति महासंघ हङकङको विशेष अधिवेशन, नेतृत्वमा एम.बी. थापा मगर

एचकेनेपाल डट कम सम्वाददाता –
हङकङ, नेपाली आदिवासी जनजाति महासंघ हङकङको अधिवेशन आइतबार सम्पन्न भएको छ। जोर्डनस्थित चुम्लुङ हलमा भएको अधिवेशनले अध्यक्षमा पुरानै नेतृत्वलाई चयन गरेको छ। अध्यक्ष एम.बी. थापा मगर महासंघको नेतृत्व पहिला पनि दुई कार्यकाल गरिसकेका हुन्।


“तपाईंहरूले नयाँ पुस्ताको नेतृत्वलाई नदिएर किन पुरानै चुन्नु भयो? कि नयाँ नेतृत्व भेट्नु भएन?” भन्ने एचकेनेपाल डट कमका सम्वाददाताको प्रश्नमा महासंघमा नयाँ नेतृत्व नभएको वा नभेटिएको होइन, प्रशस्तै हुनुहुन्छ,” नवनिर्वाचित महासचिव रबिन लिङदेनले भने।

हिजोको अधिवेशनमा पनि युवा पुस्ता नयाँ जोशको साथ नयाँ नेतृत्वको लागि युवराज गुरुङ आउनुभएको थियो। उम्मेदवारी दिनुभएको थियो तर अन्तिम समयमा सहमति भयो,” लिङदेनले भने। “पुरानोलाई नै नेतृत्व दिने गरी तपाईंहरूले सहमति कसरी गर्नुभयो?” भन्ने प्रश्नमा “कुरा नयाँ र पुरानोको थिएन, महासंघको आवश्यकतालाई महसुस गरेर उहाँ अगाडि बढ्नुभयो।”

नेपालका आदिवासीहरूसँग आ-आफ्नै भाषा, संस्कार र संस्कृति भएको र त्यही भाषाहरू नै नेपालीले बोल्ने भाषा भएको अधिवेशनका प्रमुख अतिथि भुपेन्द्र चेम्जोङले बताए। वास्तविक नेपालको भाषा भनेको नै आदिवासीहरूले बोल्ने भाषा भएको उनले बताए।

राज्यले सधैँ उपेक्षित गर्दै आइरहेको कुरामा आदिवासी जनजातिको हकहितको लागि महासंघले सधैँ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अर्का अतिथि हेजेन राईले बताए।

“तपाईं निवर्तमान महासचिव हुनुहुन्थ्यो, अहिले अध्यक्ष, उपाध्यक्ष वा आफ्नै महासचिवमा रहनुपर्ने किन सदस्यमा रहनुभयो?” भन्ने प्रश्नमा “आदिवासीको आन्दोलनमा पद ठूलो कुरो होइन। आन्दोलनमा जस्तोसुकै रूपमा पनि जोडिन सकिन्छ। म आदिवासीको आन्दोलनभन्दा टाढा रहन सक्दिन, त्यसैले मेरो लागि पद ठूलो होइन,” सदस्यमा निर्वाचित तिलक सोमै मगरले बताए।

अध्यक्ष: एम.बी. थापा मगर
उपाध्यक्ष: प्रेम लामा
महासचिव: रबिन लिङदेन
सचिव: एन्जिला शेर्पा
सदस्य: तिलक सोमै मगर
सदस्य: विनु थापा सहित १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्। कार्यसमितिको बैठकले ८ जना मनोनयन गरी २१ जनाको कार्यसमिति बनाउने अधिवेशनको अध्यक्षता समेत गरेका लिङदेनले बताए।
फोटोः जगतअम्बु गुरुङ





Comments

comments

130529