न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १८ अप्रिल। नेपालकी चर्चित महिला राष्ट्रिय फुटबल खेलाडी प्रिती राई आज हङकङ आइपुगेकी छिन्। एभरेष्ट नाइट कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन उनी हङकङ आएको जानकारी प्राप्त भएको छ। राई आज साँझ हुने एभरेष्ट नाइट कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। फोटो: योगेश गुरुङ