लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै

नेपालगञ्ज । लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज नेपलागञ्ज रङ्गशालामा हुँदैछ । अपराह्न ४ः०० बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बिच भीडन्त हुने छ।

दुवै विभागीय टोलीबिचको खेल रोमाञ्चक हुने ठानिएको छ । नेपाल प्रहरीका प्रशिक्षक सुमन सुवेदीले एपीएफमा राष्ट्रिय टिमका खेलाडीको बाहुल्य रहे पनि उपाधि जित्नेगरी खेलको रणनीति बनाएको बताए।

एपीएफकी प्रशिक्षक भगवती थापाले नेपाल प्रहरीको टोलीसँगको खेल चुनौतीपूर्ण भए पनि कमजोरीलाई सुधारेर आफ्ना खेलाडी मैदानमा उतार्ने बताइन् । प्रतियोगिताको विजेतालाई रु पाँच लाख पाँच हजार ५५५ र उपविजेतालाई रु दुई लाख ५० हजार नगद पुरस्का प्रदान गरिने छ।





Comments

comments

130762