एचकेनेपाल डट कम –
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आज बिहान भएको सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको उपस्थितिमा भएको बैठकमा थप छलफल गर्ने सहमति मात्र भएको छ।
विद्यालय शिक्षा ऐनको माग राख्दै गत चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले आफ्नो आन्दोलन जारी राख्ने र वार्ता प्रक्रिया पनि अघि बढाउने बताएका छन् । यस आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान र कक्षा १२ को परीक्षा प्रभावित भएको छ।
सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गर्न आदेश दिए पनि समाधान निस्कन सकेको छैन। अर्को वार्ताको मिति भने तय भएको छैन।