‘श्री ५ महाराजधिराज’को नाममा वक्तव्य लेख्नेलाई कारवाही गर्न एमाले सांसद गैरको माग

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका संवाद सचिव फणिन्द्र पाठकले ‘श्री ५ महाराजधिराज’को नाममा वक्तव्य जारी गरेको विषयमा कडा आपत्ति जनाउँदै कारवाहीको माग गरेका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गैरेले शनिबार जारी गरिएको संवेदना सन्देशमा प्रयोग गरिएको शब्दावलीप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले संविधान र वर्तमान लोकतान्त्रिक व्यवस्थामा ‘श्री ५ महाराजधिराज’ जस्ता शब्द प्रयोग गर्न नपाइने बताए।

“यो संसदको सर्वोच्चता, संविधानको सर्वोच्चता र कानुनी राजको उपहास हो,” गैरेले भने । उनले थपे, “नेपालको संविधान र कानुन बमोजिम यस्तो गैरकानुनी कार्य गर्ने दुवै व्यक्तिमाथि तत्काल कारवाही हुनुपर्छ।”

उल्लेखनीय छ, शनिबार पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिन्द्र पाठकले जारी गरेको सन्देशमा राजतन्त्र खारेज भइसकेको अवस्थामा पनि ‘श्री ५ महाराजधिराज’ शब्दावली प्रयोग गरिएको थियो।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

130811