‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि धादिङका प्रशेष पाण्डेलाई..

न्युज डेस्क/ एचकेनेपाल डट कम –
काठमाडौं । हिमालय टेलिभिजनमा प्रसारित लोकप्रिय सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ को छैटौं सिजनको विजेता धादिङका प्रशेष पाण्डे बनेका छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीका प्रतियोगी पाण्डेले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पोल्टामा पारे।

विजेता बनेसँगै पाण्डेले कुल २२ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा खोटाङका रोशन राई प्रथम उपविजेता, इलामका प्रमेश राई द्वितीय उपविजेता र सिक्किमकी अर्पणा आचार्य तृतीय उपविजेता बने। विजयी भएपछि पाण्डेले फरक क्षमता भएका व्यक्तिहरू पनि गायनमा उत्कृष्ट हुन सक्छन् भन्ने सन्देश दिएका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

130920