२ लाख हङकङ डलर चोरीको आरोपमा इन्डोनेसियाली घरेलु सहयोगी पक्राउ..

फाईल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ मे। हङकङको उच्च वर्गीय क्षेत्र ह्यापी भ्यालीमा रहेको एक विलासी आवासबाट लगभग २ लाख हङकङ डलर नगद चोरीको आरोपमा ४३ वर्षीया इन्डोनेसियाली घरेलु सहयोगी पक्राउ परेकी छिन्।

प्रहरीका अनुसार, हिजो दिउँसो करिब ३:४० बजे ब्रडवुड रोडस्थित द लेइटन हिलकी ६३ वर्षीया महिला बासिन्दाले आफ्नो घरबाट २ लाख हङकङ डलर र ६५ हजार जापानी येन हराएको उजुरी दिएकी थिइन्।

अनुसन्धानपछि प्रहरीले परिवारकी विदेशी घरेलु सहयोगीलाई घटनास्थलबाट पक्राउ गरेको छ। प्रहरीले कारबाहीका क्रममा चोरी भएको रकममध्ये १० हजार हङकङ डलर बरामद गरेको छ। पक्राउ परेकी महिलालाई चोरीको आरोपमा सोधपुछका लागि हिरासतमा राखिएको छ।





Comments

comments

131097