युद्धको स्थितिबाट पछि हटेकोमा प्रधानमन्त्री ओलीले दिए भारत-पाकिस्तानलाई धन्यवाद

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्तीको विशेष कार्यक्रममा भारत र पाकिस्तानबीचको तनावपूर्ण स्थितिलाई कूटनीतिक रूपमा समाधान गरेकोमा दुवै देशलाई विशेष धन्यवाद दिएका छन्।

विशेष सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भने, “हाम्रा छिमेकी राष्ट्रहरूले देखाएको संयम र समझदारीले विश्व शान्तिको सन्देशलाई थप बलियो बनाएको छ। यो बुद्धका शिक्षाहरूको सार्थकता हो।”

उनले थप भने, “हामीले सुरुदेखि नै दुवै देशलाई संयम अपनाउन आग्रह गरेका थियौं। दुवै देशले हाम्रो आग्रहलाई सकारात्मक रूपमा लिएर युद्धको स्थितिबाट पछि हट्ने निर्णय गरे।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको महत्वबारे पनि प्रकाश पारे। उनले भने, “यो विश्वविद्यालय बौद्ध दर्शन र शिक्षाको एक प्रमुख केन्द्र बन्नेछ। यहाँ हुने अनुसन्धान र अध्ययनले विश्व शान्तिको सन्देशलाई अझै फैलाउन मद्दत गर्नेछ।”

समारोहमा उपस्थित राजनीतिक नेताहरू, कूटनीतिक प्रतिनिधिहरू र बौद्ध धर्मावलम्बीहरूले पनि क्षेत्रीय शान्ति र स्थिरताको महत्वमा जोड दिएका थिए।





Comments

comments

131105