जब विमान पाइलटबिनै उड्यो..

फोटो साभार: विकिपेडिया

काठमाडौं । जर्मनीको लुफ्थान्सा एयरलाइन्सको एउटा विमान आश्चर्यजनक र खतरनाक मोडबाट गुज्रेको पाइएको छ। कप्तान शौचालय गएको बेला सह-पाइलट बेहोस भएपछि विमानका यात्रुको जीवन जोखिममा परेको थियो।

फेब्रुअरी २०२४ मा घटेको यो घटनाको अनुसन्धान प्रतिवेदन भर्खरै सार्वजनिक भएको छ । १९९ यात्रु र ६ जना चालक दल सदस्य बोकेको एयरबस ए३२१ विमान फ्रान्कफर्टबाट स्पेनको सेभियातर्फ उडिरहेको थियो।

४३ वर्षीय कप्तानले विमान अवतरण हुन ३० मिनेट बाँकी छँदा शौचालय जाने निर्णय गरे । तर फर्किंदा उनलाई ठूलो झट्का लाग्यो – ककपिटको ढोका खुलेन । इन्टरकममार्फत सम्पर्क गर्दा पनि कुनै जवाफ आएन। आपतकालीन कोड प्रयोग गर्ने क्रममा सह-पाइलटको होस खुल्यो।

३८ वर्षीय सह-पाइलट पसिनाले लथपथ र अनुहार पहेंलो भएको अवस्थामा भेटिए । विमानमा यात्रा गरिरहेका एक चिकित्सकले प्राथमिक उपचार गरे । सह-पाइलटले आफू कहिले र कसरी बेहोस भए भन्ने सम्झना नभएको बताए।

कप्तानले तत्काल विमानको नियन्त्रण सम्हाले र नजिकैको म्याड्रिड विमानस्थलमा आकस्मिक अवतरण गराए । चिकित्सकहरूले सह-पाइलटको बेहोस हुनुको कारण न्युरोलोजिकल समस्या भएको पुष्टि गरे। हाल उनको उडान अनुमति निलम्बन गरिएको छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

131212