हङकङमा काम गरिरहेकी घरेलु कामदारको मृत्यु..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २४ मे । हङकङमा काम गरिरहेकी ५६ वर्षीया फिलिपिनी घरेलु कामदारको शनिबार बिहान मृत्यु भएको छ।

रोजगारदाताले आज बिहान करिब ९ बजे लिटेल्टन रोडमा कामदारलाई बेहोस अवस्थामा फेला पारेपछि प्रहरी अधिकारीहरूलाई सूचित गरेका थिए।

बेहोस भएकी महिलालाई क्वीन मेरी अस्पतालमा उपचारको लागि लगिएको थियो। यद्यपि, उनलाई पछि मृत घोषित गरियो।

प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको र मृत्युको कारण पोस्टमार्टम पछि मात्र पत्ता लाग्ने जनाइएको छ।





Comments

comments

131300