Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पपीडितको लागि ५ सय घर तयार, डेढ सय निर्माणाधिन अवस्थामा…

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी ,गत बर्ष महाभूकम्पबाट घरहरु पूर्ण रुपमा क्षति भएका जिल्ला तथा गाउँमा एक हजार घर बनाई दिने लक्ष्य बोकेको मिसन रिबिल्ड नेपालले आइतार एक कार्यक्रमबीच हालसम्म ५ सय घर निर्माण गरेको जानकारी दिएको छ।

वाशिंगटन डिसीमा गैरमुनाफा संस्थाको रुपमा दर्ता भएको मिसन रिबिल्ड नेपालले नेपाल पुनर्निर्माणमा अद्वितीय रुपमा बिबिध प्रकारको सहयोग गर्ने दात्री संघ तथा संस्था तथा स्वयम् सेवकलाई सम्मान कार्यक्रममा उक्त जानकारी गराएको हो ।

अहिले सम्म १ हजार घर निर्माण गर्ने क्रममा पूर्ण रुपमा ५ सय घर निर्माण गरि सकेको छ भने २ सय ५० वटा घर निर्माणाधीन अवस्था रहेको जानकारी दिएका छन् । २ सय ५० वटा घर निर्माणको लागि सबैलाई सहयोग गर्न कार्यक्रममा आब्हान गरेको छ ।

उक्त कार्यकममा उपस्थित भएका नेपाली समुदायका प्रेम तथा मंजु संग्रौला ,सुधान्सु जोशी ,प्रकृति खरेल तथा आकृति खरेल, कमला मैनाली ,अर्जुन तथा आरती सिग्देल ,गुणराज लुइँटेल तथा सीता लुइँटेल ,अग्नि प्रसाद तथा इन्दिरा संग्रौला ,एन्जिला रेग्मी तथा इना रेग्मी तथा प्रकाश नेपालले एउटा घर निर्माण गर्ने घोषणा समेत गरेका छन् ।

मिसन रिबिल्ड नेपालका अध्यक्ष डा. मदन कुमार उप्रेतीले आफूले एक बर्ष अगाडिदेखि तयार परेको बिशेष सामग्री प्रस्तुत गर्दै संघ/संस्था तथा बिशेष भूमिका निर्वाह गर्ने व्यक्ति तथा स्वयम सेवकहरुका बारेमा बिशेष चर्चा गर्दै बिशेष प्रसंशा गरेका थिए ।

भूकम्पमा कसरी दात्री संघ तथा संस्था ,बिश्व समुदाय तथा स्वयम् सेवक रुपमा नेपाल पुनर्निर्माणमा उनीहरुले सहयोग गरे ,परिवार गुमाएका परिवारका कथा र उत्प्रेरित कथा तथा व्यथा सुनाएका थिए ।

कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट डेलेसी तथा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले दात्री संघ तथा संस्थाका प्रतिनिधि तथा स्वयम् सेवकलाई प्रमाण पत्र वितरण गरेका थिए ।

नेपालका लागि अमेरिकाका पूर्व राजदूत स्कट डेलेसीले नेपाल बिश्व कै अद्वितीय राम्रो देश हो । उनले अगाडी भने नेपाल बिबिध संस्कृति ,कला ,भाषा तथा अन्य कुरामा धनि देश भएको चर्चा गर्दै म नेपाललाई धेरै माया गर्छु भने ।

यसै गरि अमेरिकाका लागि नेपाली राजदूत डा कार्कीले दात्रि संघ तथा संस्थाको प्रशंशा गर्दै नेपाललाई सहयोग तथा माया गर्ने सबैलाई बिशेष धन्यवाद दिए।

बिशेष रकम प्रदान गर्ने दाताहरुमा मिसन रिबिल्ड नेपाललाई २ लाख डलर प्रदान गर्नु हुने वाशिंगटन बाट आएका दम्पति स्टिव डेफोलो तथा विनोना फोर्म ,राजधानी मन्दिर ,नेपाल शिक्षा तथा संस्कृति केन्द्र ,अमेरिका नेपाल महिला संघ लगायत अन्यलाई सम्मान गरिएको थियो ।

वाशिंगटन राज्यबाट आएका २ लाख डलर प्रदान गर्ने दम्पति स्टिव डेफोलो तथा विनोना फोर्मले नेपाल ज्यादै राम्रो देश छ र मलाई नेपाली भाषामा नमस्ते मात्र आउछ भन्दै नेपाललाई सानो सहयोग गर्न सकेकोमा हर्ष लागेको बताए ।

सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रममा नेपाललाई आर्थिक सहयोग गर्ने तथा स्वयम् सेवक रुपम अहोरात्र खट्ने सबैलाई सम्मान गर्दै प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राजधानी मन्दिरका प्रतिनिधि तथा नेपाल पर्यटन बोर्ड तथा गोर्खाली फाउन्डेसनकि सद्भावना दूत नविना बस्नेत उप्रेती तथा निराकार उप्रेतीले नेपाल पुन निर्माणमा गोर्खाली फाउन्डेसनले गरि रहेको काम बारेमा चर्चा गर्दै सहयोग गर्न आग्रह गरेका थिए ।





Comments

comments

Leave a Reply

13131