केदारनाथमा हेलिकप्टर दुर्घटना: पाँच जनाको मृत्यु..

काठमाडौँ । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएकाे छ। देहरादूनबाट केदारनाथतर्फ उडेको आर्यन एभिएसन कम्पनीको हेलिकप्टर गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटनाग्रस्त भएको हो।

स्थानीय प्रहरी र प्रशासनका अनुसार यस दुर्घटनामा हेलिकप्टरमा सवार सबै पाँच जना यात्रुको दुःखद निधन भएको छ। मृतकहरूमा एक बालक पनि रहेको जानकारी दिइएको छ।

प्रारम्भिक अनुसन्धानले खराब मौसम र कम दृश्यताका कारण दुर्घटना भएको संकेत गरेको छ। घटनाको जानकारी पाउनासाथ स्थानीय प्रशासन, उद्धारकर्ता र प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए।

यस क्षेत्रमा हेलिकप्टर दुर्घटनाको यो पहिलो घटना होइन। विगत केही वर्षमा यस्ता केही दुर्घटनाहरू भइसकेका छन्। यस घटनाले तीर्थयात्री सेवामा संलग्न हेलिकप्टर कम्पनीहरूको सुरक्षा मापदण्डबारे पुनः प्रश्न उठाएको छ।

उत्तराखण्ड सरकारले घटनाको विस्तृत अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ। साथै, मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उचित क्षतिपूर्तिको घोषणा गरेको छ।





Comments

comments

131679