हङकङमा चार दक्षिण एसियालीद्वारा वृद्ध व्यक्तिमाथि लुटपाट र आक्रमण..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २१ जून। प्रहरीले सान पो कोङमा ७० वर्षीय एक व्यक्तिमाथि आक्रमण गरेको घटनामा दक्षिण एसियाली मूलका चार जना पुरुषको खोजी गरिरहेको छ।

घटना हिजो शुक्रबार राति करिब ९ बजे लोक सिन टोङ वोङ चुङ मिङ माध्यमिक विद्यालय नजिकै भएको थियो, जहाँ पीडितलाई शंकास्पद व्यक्तिहरूले घेरा हालेर उनको वालेट र मोबाइल फोन रहेको झोला खोस्ने प्रयास गरेका थिए।

प्रतिरोध गर्दा गर्दै पनि वृद्ध व्यक्तिलाई आक्रमणकारीहरूले नियन्त्रणमा लिएर उनको सामानसहित फरार भए।

पीडितको हातमा चोट लागेको थियो तर उनले होस गुमाएका थिएनन्। उनलाई एम्बुलेन्सद्वारा उपचारका लागि अस्पताल लगिएको थियो। प्रहरीले शंकास्पद चार जना व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।





Comments

comments

131737