ब्रिटिश गोर्खाको नागरिकता संशोधन विधेयक राष्ट्रिय सभामा दर्ता

सन्तोष थलङ –

बीजीएनसीसीसी (BGNCCC) का प्रतिनिधिहरूले सोमबार काठमाडौंमा राष्ट्रिय सभाका माननीय सांसदहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

सन्तोष थलङ

ब्रिटिश गोर्खा र गोर्खा सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरता हुनुपर्ने विषयमा राष्ट्रिय सभाका १७ जना माननीय सांसदहरूले संसदको विशेष अधिकार प्रयोग गर्दै गत साता राष्ट्रिय सभामा संशोधन विधेयक दर्ता गराएका थिए।

यसै विषयमा ब्रिटिश गोर्खाहरूका वंशजको नागरिकता निरन्तरता हुनुपर्ने कारण र आधारहरूबारे थप स्पष्ट पार्न बीजीएनसीसीसीका कानूनी सल्लाहकार, संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली र प्रमुख सल्लाहकार कृष्णबहादुर राईले जानकारी गराएका थिए।

उपस्थित माननीयज्यूहरूका अनुसार यो विधेयकमाथि राष्ट्रिय सभाको विधायन तथा व्यवस्थापन समितिमा १-२ साताभित्र छलफल हुनेछ।

यदि राष्ट्रिय सभाले यो विधेयक पारित गरेमा प्रतिनिधि सभाबाट पनि पारित हुने प्रबल सम्भावना रहेको र यो प्रक्रिया सबैभन्दा सटीक हुने जानकारहरू बताउँछन्।

तसर्थ, सम्पूर्ण ब्रिटिश गोर्खा समुदायले यस अभियानलाई विशेष अवसरका रूपमा लिई तन, मन, धनले गन्तव्यमा पुर्‍याउन सशक्त पहल गर्न अत्यावश्यक छ।

यदि अहिलेको यो परिस्थिति र अवसरलाई सदुपयोग गर्न नसके, भविष्यमा पश्चाताप गर्नुबाहेक अरू कुनै विकल्प नरहने निश्चित छ।





Comments

comments

132187