बल्ड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरको अध्यक्षमा नवराज मरासेनी

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। बल्ड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरको अध्यक्षमा नवराज मरासेनी चयन भएका छन्। संस्थाका सदस्यहरूको हालै सम्पन्न भेलाले नवराज मरासेनीको अध्यक्षतामा सर्वसम्मत तरिकाबाट ५ सदस्यीय कोलोराडो च्याप्टरको नयाँ कार्यसमिति गठन गरेको हो।

यसरी चयन भएका संस्थाका अन्य सदस्यहरूमा शर्मिला शर्मा, चिरन्जिबी लम्साल, बिकाश भण्डारी र डा. शारदा त्रिपाठी रहेको अध्यक्ष मरासेनीले बताएका छन्। कार्यक्रममा बिडिए अमेरिकाका निवर्तमान केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठ, वरिष्ठ केन्द्रीय उपाध्यक्ष टिका पौडेल, केन्द्रीय कोषाध्यक्ष फणिन्द्र क्षेत्री लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

अमेरिकामा रक्तदान जीवनदान भन्ने मान्यतालाई सार्थक रूप दिन नेपालीहरूको सक्रियतामा सन् २००९ मा स्थापित यस संस्थाको कोलोराडो लगायत २ दर्जनभन्दा बढी स्टेटमा च्याप्टर गठन भइसकेको छ।





Comments

comments

132568