अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६०० नाघ्यो

काबुल । पूर्वी अफगानिस्तानमा गएको ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्पले कम्तीमा ६२२ जनाको मृत्यु भएको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्।

तालिबानद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले पुष्टि गरेको यो तथ्याङ्कअनुसार कुनार प्रान्तका तीनवटा गाउँ पूर्ण रूपमा ध्वस्त भएका छन्। उद्धार कार्यका लागि हेलिकप्टर परिचालन गरिएको छ र घाइतेहरूलाई सुरक्षित स्थानमा ल्याउने प्रयास जारी छ।

काबुलका स्वास्थ्य अधिकारीहरूले दुर्गम क्षेत्रहरूमा पुग्न कठिनाइ भइरहेको बताएका छन्। प्रान्तीय सूचना प्रमुख नजिबुल्लाह हनिफका अनुसार मृतक र घाइतेको संख्या अझै बढ्न सक्छ। पाकिस्तानको खैबर पख्तुन्ख्वासँग सीमा जोडिएको क्षेत्रमा भूकम्पले ठूलो क्षति पुर्‍याएको छ।

हालसम्म कुनै विदेशी सहायता प्राप्त नभए पनि उद्धार र राहत कार्य तीव्र गतिमा चलिरहेको छ। अफगानिस्तानले पहिलेदेखि नै मानवीय सङ्कट र सहायता कटौतीको सामना गरिरहेको छ, जसले यो प्राकृतिक प्रकोपलाई थप जटिल बनाएको छ। एजेन्सी





Comments

comments

132818