न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ सेप्टेम्बर। हङकङमा नेपाली समुदायको पहलमा ‘गोरखा फाइनान्स लिमिटेड’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। चिम सा शुईमा आयोजित समारोहमा नबिल बैंक नेपालका सीईओ मनोजकुमार ज्ञवालीले फाइनान्सको उद्घाटन गरेका हुन्।
सीईओ ज्ञवालीले वित्तीय संस्थाहरूको सुरक्षित लगानी र सचेत रणनीतिको महत्त्वमाथि जोड दिँदै नेपाली समुदायमा वित्तीय जागरूकता बढ्ने विश्वास व्यक्त गरे। फाइनान्सका अध्यक्ष डीके दाहालले यो संस्था भविष्यमा बैंकको रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। उनले मकाउमा चाँडै शाखा विस्तार गर्ने योजना पनि सुनाए।
कार्यक्रममा हङकङका सामाजिक, व्यवसायिक व्यक्तित्वहरू र नेपाली समुदायको बाक्लो सहभागिता थियो। डीके दाहाल र आकाश बन्जाराको नेतृत्वमा सञ्चालित यो फाइनान्सले नेपाली समुदायमा नयाँ आर्थिक अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
– पशन तमू । हङकङ