कोटेश्वरको भाटभटेनीमा थप एक जलेको शव फेला, जेनजी आन्दोलनमा मृतक संख्या पुग्यो ७४

एचकेनेपाल डट कम –
काठमाडौं, १ असोज २०८२ । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा बुधबार थप एक डढेको शव फेला परेको छ। यो घटनासँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ।

-

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले दिएको जानकारीअनुसार फेला परेको शव पूर्णरूपमा जलेको अवस्थामा छ, जसको पहिचान अझै हुन सकेको छैन।

यसअघि चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटबाट ७ वटा जलेका शव फेला परेका थिए। ती शवहरू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ र तिनको पहिचान पनि अझै खुल्न सकेको छैन। प्रहरीका अनुसार मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया सुरु गरिएको छ।





Comments

comments

133203