जेनजी आन्दोलनको हिंसाबारे सत्यतथ्य छानबिन गर्न ओलीको माग

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।

-

राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा बोल्दै उनले सुशीला कार्कीको नेतृत्वको सरकार अलोकतान्त्रिक ढंगले बनेको दाबी गरे।

ओलीले आन्दोलनमा १४ जनाको मृत्यु भएको र टाउकोमा गोली लागेको घटनाप्रति दुख व्यक्त गर्दै छानबिनको आवश्यकता औंल्याए। उनले भदौ २४ गते आफ्नो हातमा केही नरहेपछि राजीनामा दिएको र त्यसपछि तोडफोड र आगजनीका घटना भएको बताए।

जेनजीहरूलाई आवेगमा नआउन र शान्तिपूर्ण बाटोमा फर्कन आग्रह गर्दै उनले देश बनाउने जिम्मेवारी एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरे। राष्ट्रिय एकताका लागि सबैलाई संयमता अपनाउन उनले आह्वान गरे।





Comments

comments

133388