कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न कार्यदल गठन

तनहुँ। ‘जेनजी’ प्रदर्शनका क्रममा तनहुँ कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न कार्यदल गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो।

कार्यदलमा सशस्त्र प्रहरी बल मनकामना गण नं २३ भानुका सशस्त्र प्रहरी निरीक्षक सदस्य र सदस्य सचिवमा तनहुँ कारागारका प्रशासक श्यामसिंह बोहोरा रहेका छन्।

आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट ३२७ जना फरार भएका थिए । त्यसमध्ये १८७ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। त्यसबाहेक अन्य विभिन्न कारागारबाट भागेका ४४ जनालाई पनि पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको उनले बताए।

फरार भएका कैदीबन्दीलाई आगामी असोज २० गतेसम्म कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन अनुरोध गरिएको छ । अन्यथा कारागार ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारबाही हुने र त्यस्ता कैदीबन्दीहरुलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी प्रचलित कानुनबमोजम कारबाही गरिने जनाइएको छ। रासस





Comments

comments

133412