हङकङमा आफ्ना बच्चालाई राम्रो हेरचाह नगर्दा पाकिस्तानी आमा पक्राउ!

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १ अक्टोबर (बुधबार) – मंगलबार हङ होममा ११ महिनाको शिशु र दुई वर्षीय बालकमाथि आठ वर्षीया भारतीय मूलकी बालिकाले दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि प्रहरीले उक्त बालिकाकी ३७ वर्षीया पाकिस्तानी आमालाई पक्राउ गरेको छ।

भिडियोमा विदेशी मूलकी देखिने बालिकाले शिशुलाई बेन्चबाट बारम्बार भुइँमा धकेल्दै लडाएको देखिन्छ। शिशु तीव्र रूपमा रोएको छ, तर दुई वर्षीय बालकलाई कुनै चोट लागेको छैन।

घटना हङ होमको ९ हङ लोक रोडस्थित “गुड म्यान्सन” ट्रान्जिसनल हाउजिङमा भएको बुझिएको छ। आठ वर्षीया भारतीय बालिकाले शिशुको आमाको जानकारीबिना भाइ-बहिनीलाई बाहिर खेल्न लगेकी थिइन्। शिशुको निधार र खुट्टामा चोट लागेको छ र उनलाई उनकी आमाले ट्युन मुन अस्पतालमा उपचारका लागि लगेकी थिइन्।

नजिकैका बासिन्दाले शिशुको रोदन सुनेपछि भिडियो खिचेर सामाजिक सञ्जालमा सेयर गरेका थिए। जसले गर्दा प्रहरीले घटनाबारे जानकारी पाएको थियो। पक्राउ परेकी आमा बालबालिका उपेक्षा वा दुर्व्यवहारको आरोपमा अनुसन्धानमा छिन् र अहिले जमानतमा रिहा भएकी छिन्।

धेरैले शिशुको पीडाप्रति दुख व्यक्त गर्दै आमाले बच्चालाई अर्को बच्चासँग किन छोडेको भन्दै प्रश्न उठाएका छन्। कतिपयले भिडियो खिच्ने व्यक्तिले तत्काल रोक्नुपर्ने थियो भन्दै आलोचना गरेका छन्।





Comments

comments

133463