सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

काठमाडौँ । गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ।

सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिद बिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।





Comments

comments

133626