नेपाली सेनाको रिपोर्टले भन्यो – “जेनजी विद्रोहमा मृत्यु हुने प्रदर्शनकारीको संख्या २२”


एचकेनेपाल डट कम –
काठमाडौँ, भदौ २३–२४ मा भएको जेनजी विद्रोहमा कुल ७६ जनाको ज्यान गएकोमा २२ जना प्रदर्शनकारी रहेको नेपाली सेनाले जनाएको छ।

-

नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलनमा जारी गरेको प्रतिवेदनमा यो तथ्यांक सार्वजनिक गरेको हो।

सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाका अनुसार बाँकी मृतकमा ३ प्रहरी, १० कैदी र ४१ अन्य व्यक्ति सामेल छन्।

विद्रोह ४८४ स्थानमा फैलिएको थियो।

सेनाको रिपोर्टअनुसार आन्दोलनमा ६८८ सरकारी कार्यालय, २५९ निजी घर, १२८ व्यापारिक केन्द्र, १९८ राजनीतिक दलका भवन र ३०७ प्रहरी चौकीमा आगो र तोडफोड भएको थियो।

यस्तै, घटनामा १५ हजार ५८८ कैदी फरार भएकामा अहिलेसम्म ८ हजार ७९९ लाई समातिएको छ।

रिपोर्टमा ९७८ हतियार हराएको उल्लेख छ, जसमध्ये ५८६ फिर्ता भइसकेका छन्।





Comments

comments

133727