Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रेखा थापा मुख छोप्दै किन अदालत पुगिन्?

सिनेमाको पर्दामा ‘…बट स्लोली, स्लोली’ भन्दै कामुक डान्समा लठ्याउने हिरोइन रेखा थापा आइतबार जिल्ला अदालत, काठमाडौंमा ‘स्लोली’ अर्थात ‘विस्तारै’ होइन, मुखमा मास्क लगाएर साह्रै हतारमा छिरिन्, र त्यसैगरी निस्किइन् ।

यसरी उनी हतारिएर छिर्नुपर्ने र मुखमा मास्क लगाएरै हिँड्नुपर्ने कारक रहेछन्, ५५ वर्षीय पूर्वपति छविराज ओझा ।

३४ वर्षीया रेखाभन्दा झन्डै पाँच वर्ष कान्छी हिरोइन शिल्पा पोखरेलसँग विवाह गर्न रेखासँगको सम्बन्धबिच्छेद बाधक बनिदिँदा रेखाले आइतबार हतारिनुपरेको हो ।

आज साँस्कृतिक कार्यक्रम प्रदर्शन गर्न कतार जाने हतारमा रहेकी रेखाले हिजो भनिन्, ‘मलाई त जानै मन थिएन । बोलाएको बोलायै गर्यो, अनि गइदिएँ…!!

रेखा र छविबीचको लेनादेना चार वर्षअघि नै टुंगिएको । सिउँदोमा सिन्दुर हालेर घर नभित्र्याए पनि रेखा करिब १० वर्षका लागि ‘छविकी’ भइन् ।

तर, कुरा मिल्न छाडेपछि आ–आफ्नो हिसाब–किताब मिलाएर अलग्गिए । छवि गौरीघाटको पुरानै घरमा र रेखा चाबहिलस्थित अम्बे अपार्टमेन्टको पाँचौं तलामा सरिन् ।

त्यहाँदेखि रेखालाई छविको र छविलाई रेखाको मतलब थिएन । तर, शुक्रबार साँझ छविले फोनमा भने, ‘पर्सि अदालत आइज है काली !’ रेखाले ‘किन’ भनेर सोधिन् । छविले ‘मैले डिभोर्सको सबै डकुमेनट तयार पारिसकें । तैले साइन गरेर ल्याप्चे हान्ने मात्रै हो । जसरी पनि आइज !’

रेखाले भनिन्, ‘मेरो साइन तिमी नै गरिदेऊ, ल्याप्चे पनि तिमीले नै हानिदेऊ न, म होइन भन्दिन क्यारे !’

छविले खेलाँची गरेर हुँदैन, तैं चाहिन्छ !’ रेखाले जान नचाहेर भाउ खोजिरहेकी थिइन् । भनिन्, ‘मलाई ल्याप्चे हान्न पनि तिमीले नै सिकायौ । अब त मैले ल्याप्चे हान्न बिर्सिसके ।’ जनआस्था साप्ताहिकले खबर छापेको छ।





Comments

comments

Leave a Reply

13376