यूइईमा भएको कैदीको मृत्युबारे छानबिन गर्न अधिकार समूहको आग्रह

दुबई। लन्डनस्थित एक अधिकार समूहले शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) मा एक व्यक्तिलाई हिरासतमा मृत्यु भएको घटनाको छानबिन गर्न माग गरेको छ। समूहले यसलाई ‘राजनीतिक बन्दी’ भनेर वर्णन गरेको छ।

-

एमिरेट्स डिटेनी एडभोकेसी सेन्टर (इडिएसी)का कार्यकारी निर्देशक हमद अल–शम्सीले भने, “यसै महिनाको सुरुमा १३ वर्ष जेलमा बिताएका ५९ बर्षीय अल–खाजा आफ्नो कोठामा मृत फेला परेका थिए। उनी ‘अनुचित सुनुवाइ र कठिन कारागारको अवस्था’ को शिकार भएका कारण मृत्यु भएको आलोचकहरूले दाबी गरेका छन्।

अधिकांश खाडी देशहरूमा गैरकानुनी घोषित मुस्लिम ब्रदरहुडसँगको सम्बन्धका कारण खजालाई २०१३ मा एक सामूहिक मुद्दामा सजाय सुनाइएको थियो, जसको अधिकारकर्मीहरूले कडा आलोचना गरेका थिए।

‘ह्युमन राइट्स वाच’ का अनुसार उनलाई सन् २०२२ मा आफ्नो सजाय पूरा गरेपछि पनि जेलमै राखिएको थियो। अर्को वर्ष नयाँ आरोपहरूसहित थप सजाय सुनाइएको थियो।

“उनले भोगेका ‘मानवअधिकार उल्लङ्घनका गम्भीर’ मुद्दालाई ध्यानमा राख्दै इमिरेती अधिकारीहरूले उनको मृत्युको परिस्थितिमाथि ‘स्वतन्त्र र पारदर्शी अनुसन्धान’ सुरु गर्नुपर्छ,” शम्सीले एएफपीसँग भने।

युएईका अधिकारीहरूले एएफपीको टिप्पणीको लागि गरिएको अनुरोधमा तत्काल कुनै प्रतिक्रिया दिएनन्।

इडिएसी र ह्युमन राइट्स वाचद्वारा बुधबार प्रकाशित एक संयुक्त विज्ञप्तिमा भनिएको छ, “खाजालाई ‘उनको कैदको अवधिमा शारीरिक कुटपिट, लामो समयसम्मको एक्लो कारावास, र निद्रा रोक्नका लागि बनाइएको निरन्तर चम्किलो बत्ती बालेर यातना र दुर्व्यवहार’ गरेको आरोप लगाइएको छ।”

“उनको मुद्दा ‘एक अलग घटना होइन। यो युएईमा प्रमुख मानव अधिकार रक्षकहरूलाई लक्षित गर्ने एक सामान्य प्रवृत्तिको हिस्सा हो,” शम्सीले भने।

धनी खाडी राष्ट्रले आफ्ना नेताहरूको कुनै पनि आलोचनालाई निषेध गर्दछ। मानिसहरूले सार्वजनिक वा निजी रूपमा गरिएका टिप्पणीहरूका लागि मानहानिको आरोपमा जरिवाना वा जेल सजाय भोग्नुपर्ने हुनसक्छ।

सन् २०१२ मा अरब वसन्त विद्रोहको सन्दर्भमा यस क्षेत्रका धेरै नेताहरू पदच्युत भएका थिए । इमिराती अधिकारीहरूले राजनीतिक सुधारको माग गर्ने सरकार विरोधीहरूलाई लक्षित गर्दै पक्राउको लहर सुरु गरेका थिए। रासस





Comments

comments

134402