न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १७ डिसेम्बर । हङकङ सरकारले आगामी १ जनवरी २०२६ देखि लागू हुने गरी सरकारी अस्पतालको आकस्मिक सेवा (A&E) शुल्क १८० बाट बढाएर ४०० डलर पुर्याएको छ।
सार्वजनिक स्वास्थ्य स्रोतको उचित प्रयोगका लागि गरिएको यस वृद्धिमा अति गम्भीर र आपतकालीन बिरामीलाई भने पूर्ण छुट दिइएको छ।
नयाँ व्यवस्था अनुसार पारिवारिक क्लिनिकमा ड्रेसिङ र सुईको शुल्क ५० डलर पुगेको छ भने अब औषधि लिनुअघि नै शुल्क तिर्नुपर्ने नियम लागू हुनेछ।
डाक्टरलाई नभेटी फर्कन चाहने बिरामीले HA Go एप मार्फत ३५० डलर फिर्ता पाउन सक्नेछन्। शुल्क बढे पनि स्वास्थ्य सेवामा सरकारको ठूलो अनुदान कायमै रहने हस्पिटल अथोरिटीले जनाएको छ।


