बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले पुराना राजनीतिक दलहरूले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण रविमाथि प्रतिशोध साँधिएको बताएका छन्।
शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा वाग्लेले पुराना पात्र र प्रवृतिका विरुद्ध बोलेका कारण पुराना दलहरूले रविमाथि प्रतिशोध साँधेको प्रमाणित हुँदै गएको उनले बताएका हुन् । उनले भने, “रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ।”
युवा शक्तिलाई उत्पादनमा जोड्नुपर्नेमा विदेशिन वाध्य पारिएको उनको भनाइ छ । रास्वपाले प्रवासमा रहेका युवाहरूसँग भएको पूँजी र दक्षतालाई स्वदेशमा उपयोग गर्ने गरी योजना अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।


