Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

टर्कीमा सैन्य कू, कम्तिमा ४२ जनाको मृत्यु

टर्कीमा सैनिकहरुको एक समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ। शुक्रबार राति नागरिक सरकार अपदस्थ गरी प्रशासन आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको हो।

घोषणासँगै अहिले टर्कीमा अन्योल छाएको छ। टर्कीको राजधानीलगायत प्रमुख सहरमा सेना परिचालन गरिएको छ ।

सेनाहरुको एक समूहले एक टीभी स्टेशनलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी गर्ने बताएका हुन्। त्यहाँस्थित सरकारी टेलिभिजनले सेनाले सरकार आफ्नो नियन्त्रणमा लिई मार्सल ल लागू गरेको उल्लेख गरेको छ।

तर टर्कीका प्रधानमन्त्री र राष्ट्रपतिले सत्ता अझै आफ्नो नियन्त्रणमा रहेको बताएका छन्। सैनिक कूको प्रयासलाई बिफल बनाउन लागिएको प्रधानमन्त्रीले दाबीसमेत गरेको खबर नागरिक दैनिकमा छ।

कूपछि ठूलो संख्यामा सर्वसाधारण सडकमा निस्किएका छन्। कूपछि भएको भिडन्तमा राजधानी अंकारामा कम्तिमा ४२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। मृत्यु हुनेमा अधिकांश सर्वसाधारण भएको अधिकारीहरुले बताएका छन्।





Comments

comments

Leave a Reply

13501