Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोलोराडोमा विभिन्न कार्यक्रमसंगै समर पिकनिक सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
जुलाई १७, कोलोराडो।

अमेरिकास्थित कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आफसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रमसंगै आईतबार सम्पन्न भयो।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजना तथा बिभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगमा कोलोराडोको नर्थग्लेन सिटीस्थित रमणीय पार्कमा सम्पन्न कार्यक्रममा झण्डै ८ सय भन्दा बढि नेपालीहरुको उपस्थिती रहेको थियो।

पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सकृय सहभागिता गराउन आयोजक संस्थाको संयोजनमा तथा कवि ज्ञानेन्द्र गदालको सहयोगमा आयोजित निवन्ध लेखन प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई नगद सहित प्रशंसा पत्र वितरण गरिएको थियो । माध्यामिक स्कूलमा अध्ययनरत छात्र छात्रा विच गरिएको निवन्ध प्रतियोगिताका विजयीलाई क्रमश १ सय पचास, १ सय र पचास डलर नगद प्रदान गरिएको थियो । प्रतियोगितामा ९ जनाले भाग लिएका थिए।

त्यस्तै आयोजक संस्थाको समन्वयमा बिभिन्न सात किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा सकर, गल्फ, टेनिस, टेबुल टेनीस, भलीबल बाई साईकल रेस बास्केट बल, लगायतका रहेका थिए। कार्यक्रममा खेलकुदका बिजयी प्रतियोगीहरुलाई स्थानीय नर्थग्लेन सिटीका मियर ज्वाईसी डाउन्निङ, समाज सेवी डा.बिष्णु श्रेष्ठ, गायिका नलिना चित्रकार, संस्था अध्यक्ष शरद आचार्य, नेपाली घरका महासचिब लक्ष्यमण राना, नेपाली जन संम्पर्क समिति कोलोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारी, एनआरएनका अध्यक्ष बासुदेब खनाल, प्रवासी मन्चका अध्यक्ष जगत श्रेष्ठ, तमुधिका अध्यक्ष चन्द्र गुरुङ, मनोज श्रेष्ठ लगायतका विभिन्न अतिथीहरुबाट संयुक्तरुपमा ट्रफी तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रममा यस बर्ष १२ कक्षा उत्तीर्ण गरेका र कलेज उत्तीर्ण गर्ने नेपाली समुदायका छात्र छात्राहरुलाई समेत सम्मान गरिएको थियो । पिकनिक कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न फार्मर इन्सुरेन्सले लक्कि ड्र खेलाएको थियो । जसमा बिरेन्द्रराज उपाध्ययले स्यामसुम ग्यालेक्सीको ट्यावलेट जितेका थिए।

बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली भेषभूषामामा आउने मानिसहरुको उपस्थिती भने शून्य नै थियो । ठूलो तालको नजिक रमणीय स्थानमा आयोजित कार्यक्रमामा सहभागीहरु एक आपसमा भलाकुसारी गर्दै रमाई रहेको देख्दा आफूलाई नेपालमै भए जस्तो भान हुन्थ्यो ।

कार्यक्रमको अन्त्यमा पिकनिक सहभागी भई कार्यक्रमलाई सहयोग गर्ने अतिथिलगायत सबैलाई आयोजक संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष शरद आचार्य र सल्लाहकार जगन्नाथ गौतमले धन्यवाद दिएका थिए।

थप फोटोहरु यहाँ क्लिक गरेर हेर्नुहोस्





Comments

comments

Leave a Reply

13528