काठमाडौं । चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ। चलचित्र राजु शाहको निर्देशन रहेको यो चलचित्रलाई समितिले पिजी सर्टिफिकेट दिएको हो।
गत निफ फिल्म फेस्टिभलमा शुभमुर्हूत गर्दै छायांकनमा निस्किएको यो चलचित्र नगरकोटको आसपासका स्थानमा छायांकन गरिएको छ।
राजेन्द्र भट्टको निर्माण रहेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ र कमला दाहालको मुख्य भूमिका छ । सानबी, पदम र कमलाको अलवा चलचित्रमा रमेश उप्रेति, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल लगायतको पनि अभिनय समेटिएको छ।
सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा कथा पटकथा सम्बाद सुनिलप्रसाद श्रेष्ठ/राजु शाह र राजेन्द्र भट्टको रहेको छ । चलचित्रको निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह हुनुहुन्छ।
मुख्य सहायक निर्देशक शम्भु गौतम र किशोर डंगोल तथा नरेन्द्रकुमार केसी सह निर्दशक रहेको यस चलचित्रलाई दिपेन बस्न्यातले छयांकन एवं सम्पादन गर्नुभएको छ । चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व छ भने सुनिलप्रसाद श्रेष्ठ निर्माण नियन्त्रक हुनुहुन्छ । चलचित्रका गीतमा श्रीपुरुष ढकालको शब्द रचना, रोशन बालुवाको संगीत एवं स्वर रहेको छ।
जाँडले समाजमा कस्तो बदनाम हुन्छ । घरमा कस्तो असर पर्छ । जाँड खाने पुरुषलाई श्रीमती, छोरी र समाजले हेर्न दृष्टिको कस्तो रहन्छ भन्ने विषयवस्तु चलचित्रमा उठाइएको निर्देशक राजुले बताउनुभयो।
यस्तै निर्माता सुनिलले चलचित्रले वंश धान्न समाजमा छोरा नै चाहिन्छ भन्ने सोचलाई उजागर गर्दै समाजमा जकडिएर रहको कुसंस्कारका विरुद्ध आवाज उठाएको बताउनुभयो।
नेपाली चलचित्र क्षेत्रका चर्चित नृत्य निर्देशक शाहले यस अगाडि ‘नमस्ते नेपाल’ लगायतका चलचित्र निर्देशन गर्नुभएको थियो। चलचित्रलाई द पिक स्टुडीयोमा पोष्ट प्रोडक्शन गरिएको छ भने पोष्टर डिजाइन आईडिएल रहेको छ । चलचित्रको वितरकमा एनसिजीएनले रहेको छ।


