स्कुल भ्यान दुर्घटना अपडेट : एक जनाको मृत्यु

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल भ्यान दुर्घटनामा घाइते भएका २६ मध्ये एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा अमन बोहोरा रहेका छन् । दुर्घटनमा २५ घाइतेमध्ये ६ जनालाई पोखरास्थित गण्डकी अस्पताल पठाइएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए।

घाइतेमध्ये अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमङ्ग किसान, सुमित गैरे, अनिस बोहोरा, अनन्या किसान, रोशनी बोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समीक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीरबहादुर थापामगर, आयना बोहोरा, सारिका बोहोराको धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ।

गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान, सोलुमन रसाइलीलाई मणिपाल शिक्षण अस्पताल पठाइएको छ। सुजल छन्त्याल र सङ्गम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेको थियो। बागलुङ नगरपालिका–१ रामरेखामा सञ्चालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रातमाटा जाँदै गर्दा दुर्घटना भएको हो।

बागलुङ नगरपालिका–३ स्थित नेपालभाषा मंका खल बागलुङको भवन नजिकै न्यू एभरेष्ट एकेडेमी स्कुलको ग३च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो।





Comments

comments

135548