सब-इन्जिनियर यादवको गोली हानी हत्या

मलंगवा, सरलाहीको मलंगवा नगरपालिकामा भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोद कुमार यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ।

प्रहरीका अनुसार घटना राति करिब ८ बजेको हो। यादव भाडामा बस्दै आएको घरबाट फोनमा बोलाएर बाहिर निस्किएका थिए।

त्यसपछि मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले उनलाई नजिकैबाट धेरै राउन्ड गोली हानेर फरार भएका थिए। यादवको देव्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते अवस्थामा उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइए पनि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाई अनुसन्धान सुरु गरेको छ। हत्याको कारण तथा दोषीको पहिचानबारे केही खुल्न सकेको छैन।





Comments

comments

135593