छैटौँ दिनको खेलमा एपिएफले सङ्कटाविरुद्ध शून्यको विरुद्ध ३ गोल जित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको आयोजक एन्फाले बताएको छ । खेलको ७औँ मिनेटमा एपिएफको तर्फबाट रश्मीकुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ४२औँ मिनेटमा एपिएफकी अनिता केसीले दोस्रो गोल गरेकी थिइन्।
खेलको ८४औँ मिनेटमा एपिएफको तर्फबाट जर्सी नम्बर १२ की गीता रानाले तेस्रो गोल गर्दै सङ्कटाविरुद्ध एपिएफले ३ शून्यले जित हासिल गरेको आयोजक एन्फाका महासचिव किरण राईले बताए। अब फाइनल खेल शनिबार त्रिभुवन आर्मी महिला टिम र सशस्त्र प्रहरी (एपिएफ) बीच फाइनल खेल हुने आयोजक एन्फाले जनाएको छ।
त्रिभुवन आर्मीले नेपाल प्रहरीविरुद्ध १ गोलले जित गर्दै फाइनलमा प्रवेश गरेको छ भने एपिएफले सङ्कटाविरुद्ध जित गर्दै फाइनलमा प्रवेश गरेको आयोजकले बताएको छ । अब खेलमा प्रथम हुने टिमलाई सात लाख ५० हजार नगद र दोस्रो हुने टिमलाई नगद रु पाँच लाख पुरस्कार प्रदान गरिने एन्फाका महासचिव राईले बताए।


